काठमाडौँ महानगरपालिकाले २७ औं भूकम्प सुरक्षा दिवस मनाएको छ। काठमाडौं उपत्यकासहित देशभर आज विभिन्न सचेतनामुलक कार्यक्रमहरू गरी भूकम्प सुरक्षा दिवस मनाउने गरिन्छ। यस दिनको मुख्य उद्देश्य नागरिकलाई भूकम्पबाट सुरक्षित रहने उपाय र तयारीका बारेमा जानकारी दिनु हो।
नेपालको इतिहासमा ठूलो भूकम्पको रूपमा चिनिने १९९० माघ २ गतेका दिन दिउँसो २ बजेर २४ मिनेटमा गएको विनाशकारी भूकम्पको स्मृतिमा यो दिवस मनाइन्छ। उक्त भूकम्पले काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको थियो। त्यस घटनापछि भूकम्पका जोखिम र सुरक्षा उपायहरूलाई सामान्य जनतासम्म पुर्याउनका लागि २०५५ सालदेखि हरेक वर्ष यस दिनलाई भूकम्प सुरक्षा दिवसका रूपमा मनाइँदै आइएको छ।
यस दिनको अवसरमा काठमाडौँ महानगरपालिकाले विभिन्न सचेतनामुलक कार्यक्रमहरूको आयोजना गरेको छ। विद्यालयहरू, सरकारी कार्यालयहरू, गैरसरकारी संस्थाहरू, र सामुदायिक स्तरमा भूकम्प सुरक्षा र तयारीका बारेमा जनचेतना फैलाउने उद्देश्यले कार्यक्रमहरू आयोजना गरिएका छन्। यसका साथै, भूकम्पका समयमा सुरक्षित हुने तरिका र प्राथमिक उपचारका उपायहरूको बारेमा जानकारी दिइन्छ।
काठमाडौँ उपत्यका र देशभर भूकम्पको जोखिम रहेकोले यस किसिमका कार्यक्रमहरूले जनतालाई भूकम्पबारे सचेत बनाउँदै सुरक्षा उपायहरूको महत्व बुझाउन मद्दत पुर्याएको छ।