नर्भिक अस्पतालको सामाजिक उत्तरदायित्व: चन्द्रागिरि नगरपालिकालाई औषधि सहयोग
नर्भिक अस्पतालको सामाजिक उत्तरदायित्व: चन्द्रागिरि नगरपालिकालाई औषधि सहयोग
    • बेल संचार

    • ३ माघ २०८१, बिहीबार

काठमाडौँ ।

नर्भिक इन्टरनेसनल अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत चन्द्रागिरि नगरपालिकालाई अत्यावश्यक औषधि सहयोग गरेको छ। एक कार्यक्रममा अस्पतालका प्रशासन प्रमुख विमल बोगटीले मेयर घनश्याम गिरीलाई औषधि हस्तान्तरण गरेका हुन्। अस्पतालले मधुमेह, उच्च रक्तचाप र एन्टिबायोटिकजस्ता अत्यावश्यक औषधिहरू सहयोग गरेको जनाएको छ।

सो अवसरमा मेयर गिरीले नगरवासीलाई अत्यावश्यक औषधि उपलब्ध गराइदिन गरिएको आग्रहलाई स्वीकार गर्दै नर्भिक अस्पताललाई औषधि सहयोगको लागि धन्यवाद दिएका थिए। उनले आगामी दिनहरूमा पनि यस्ता सहयोग निरन्तर रहने अपेक्षा व्यक्त गरे।

समारोहमा अस्पतालका प्रशासन प्रमुख बोगटीले नगरपालिकालाई अत्यावश्यक औषधि उपलब्ध गराउन पाएकोमा खुशी व्यक्त गर्दै, टेण्डर प्रक्रियामा समय लाग्ने भएकाले नगरपालिकाले तत्काल औषधि सहयोगका लागि अस्पताललाई आग्रह गरेको जानकारी दिए।

साताकाे चर्चित
सम्बन्धित