इजरायल-हमास युद्धविराम सम्झौता लागू हुने तयारी, गाजामा उत्सव
इजरायल-हमास युद्धविराम सम्झौता लागू हुने तयारी, गाजामा उत्सव
    • बेल संचार

    • ३ माघ २०८१, बिहीबार

काठमाडाैं ।

इजरायल र हमासबीच गाजामा युद्धविराम र इजरायली बन्धकहरूलाई रिहा गर्ने सहमति भए पनि आक्रमण जारी रहेको छ। इजरायली मन्त्रिपरिषद्ले युद्धविराम सम्झौतामा मतदान गर्ने तयारी गरिरहेको बेला गाजा पट्टीमा आक्रमण भएको हो।

हमासद्वारा सञ्चालित सिभिल डिफेन्स एजेन्सीले इजरायलले गाजा पट्टीमा हवाई आक्रमण गरेको दाबी गरेको छ। सिभिल डिफेन्स एजेन्सीले इजरायली हवाई आक्रमणमा २० जनाको मृत्यु भएको जनाएको छ, जबकि अलजजिराले भने ४० प्यालेस्टिनीहरूको मृत्यु भएको दाबी गरेको छ।

इजरायली सेनाले यस विषयमा अहिलेसम्म कुनै टिप्पणी नगरेको छ। युद्धविराम सम्झौताका अनुसार, यदि अनुमोदित भएमा, यो आइतबारदेखि लागू हुनेछ।

हामासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायली आक्रमणमा हालसम्म ४६ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन्। १५ महिनाको युद्धपछि अब युद्धविराम सम्झौतामा सहमति भएको छ र गाजामा प्यालेस्टिनीहरूले उत्सव मनाइरहेका छन्।

साताकाे चर्चित
सम्बन्धित