काठमाडौं ।
जनता समाजवादी पार्टी नेपालकी सांसद रन्जुकुमारी झाले संवैधानिक निकायका विवादित ५२ पदाधिकारीहरूको विषयमा जिम्मेवार हुनुपर्ने व्यक्तिहरू नहुँदा समस्या सिर्जना भएको बताएकी छन्। शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो धारणा राखेकी हुन्।
सांसद झाले संवैधानिक आयोगका पदाधिकारीहरूलाई आफ्नो कार्यक्षेत्रमा काम गर्ने मनोवैज्ञानिक वातावरण निर्माण गर्न एक स्पष्ट समाधान आवश्यक रहेको बताइन्। उनले विवाद समाधान गरी आयोगलाई सुचारु रूपमा काम गर्न अनुकूल वातावरण तयार गर्नुपर्ने आवश्यकता औंल्याइन्।