सेयर बजारमा ५.०८ अंकको वृद्धि, कारोबार रकम घट्यो
 सेयर बजारमा ५.०८ अंकको वृद्धि, कारोबार रकम घट्यो
    • बेल संचार

    • ८ माघ २०८१, मंगलवार

काठमाडौं।

मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) का परिसूचकमा ५.०८ अंकको वृद्धि भएको छ। यस वृद्धिसँगै नेप्से परिसूचक २६१३ मा पुगेर स्थिर भएको छ।

दिनभर बजारको उतारचढाव न्यून रहेको भए पनि कारोबार रकममा केही कमी आएको छ। अघिल्लो दिन ६ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ६ अर्ब १९ करोडको कारोबार भएको छ।

यस दिन १०६ कम्पनीका शेयर मूल्य बढ्दा भने १३९ कम्पनीका मूल्य घटेका छन्। ८ कम्पनीका मूल्य भने स्थिर रहे। बीमा क्षेत्रको प्रदर्शन उल्लेखनीय थियो, जहाँ जीवन बीमा १.१० प्रतिशत र निर्जीवन बीमा १.७८ प्रतिशत बढेका छन्।

बजारका अन्य क्षेत्रहरूमा पनि वृद्धि देखिएको छ। पुनर्बीमा कम्पनी र टेलिकमको मूल्य वृद्धि पछि अन्य समूहमा २.७९ प्रतिशतको वृद्धि भएको छ। विकास बैंक ०.१९, होटल तथा पर्यटन ०.७८, लगानी ०.७४, उत्पादन ०.८९, र माइक्रोफाइनान्स ०.०३ प्रतिशत बढेका छन्।

तर, व्यापार समूह सबैभन्दा धेरै २.१० प्रतिशत घटेको छ। हाइड्रोपावर ०.९२, फाइनान्स १.०३, र बैंकिङ ०.३५ प्रतिशत घटेका छन्।

मन्दाकिनी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढेको छ। सप्तकोशी विकास बैंक ८.०६, न्यादी हाइड्रोपावर ७.५३, सीएचडीसी ६.९३, नेपाल पुनर्बीमा ५.८२, हिमालयन पावर पार्टनर ५.५४, मुक्तिनाथ कृषि कम्पनी ४.७, र हिमालयन एभरेस्ट इन्स्योरेन्स ४.३२ प्रतिशत मूल्य बढेका छन्।

रिभर फल्स पावरको मूल्य ८.९ प्रतिशत घटेको छ। मानुषी लघुवित्त ६.७ प्रतिशत र जानाकी फाइनान्स ५.६ प्रतिशत घटेका छन्। कारोबार रकमका आधारमा सीएचडीसी, सप्तकोशी, नेपाल पुनर्बीमा, सुपरमादी र माथिल्लो मैलुङ क्रमशः अगाडि रहेका छन्।

 

साताकाे चर्चित
सम्बन्धित