प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ गरे
प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ गरे
    • बेल संचार

    • ८ माघ २०८१, मंगलवार

काठमाडौं ।

जेठ २ – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा आयोजना हुने सगरमाथा संवाद कार्यक्रमको औपचारिक सुरुवात गरेका छन्। यो कार्यक्रम अन्तर्राष्ट्रिय हिमनदी वर्ष, २०२५ को अवसरमा आयोजना गरिएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा वन तथा वातावरण मन्त्रालय र परराष्ट्र मन्त्रालयको सहकार्यमा प्रधानमन्त्री ओलीले संवाद कार्यक्रमको ‘लन्चिङ’ गरेका हुन्।

सरकारले पहिलो पटक जलवायु परिवर्तन, हिमाल, र मानव जीवनको भविष्यलाई केन्द्रमा राखेर हरेक दुई वर्षमा यस प्रकारको विश्वव्यापी संवाद आयोजना गर्ने योजना बनाएको छ।

प्रधानमन्त्री ओलीले नेपालले किन यस प्रकारको कार्यक्रम गर्न लागेको हो भन्ने बारेमा आफ्नो सम्बोधनमा जलवायु न्यायका सन्दर्भमा अन्तर्राष्ट्रिय जगतमा नेपालले सशक्त आवाज उठाउँदै आएको कुरा उल्लेख गरे।

कार्यक्रममा उपप्रधानमन्त्री, मन्त्रीहरू, सचिवहरू, विशिष्ट अधिकारीहरू, र नेपालस्थित कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

साताकाे चर्चित
सम्बन्धित