डा. शशाङ्क कोइराला : स्थिरता र विकासका लागि वर्तमान सरकारको समर्थन
डा. शशाङ्क कोइराला : स्थिरता र विकासका लागि वर्तमान सरकारको समर्थन
    • बेल संचार

    • ८ माघ २०८१, मंगलवार

चितवन।

नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले देशलाई स्थिरता र विकास दिनका लागि हालको सरकारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन्।

दुई ठुला दलको गठबन्धनले देशमा राजनीतिक स्थिरता ल्याउँदा साथै विकास निर्माणका कार्यमा पनि ध्यान केन्द्रित गर्ने विश्वास उनले व्यक्त गरे।

मंगलबार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै डा. कोइरालाले वर्तमान सरकारको नेतृत्वले देशमा स्थायित्व र विकासको लक्ष्य पूरा गर्नुपर्ने बताएका छन्।

उनले भने, “अहिले सरकार परिवर्तन हुने सम्भावना मलाई लाग्दैन। अब नेपालको विकासका लागि स्थिर सरकार आवश्यक छ।”

उनको भनाइमा, स्थिर सरकारबाट मात्र विकासका कार्यहरू अघि बढ्न सक्छ। संविधान संशोधनको विषयमा पनि कांग्रेस तयार रहेको उनले बताए।

यस सम्बन्धमा विपक्षी दलहरूसँग छलफल भइरहेको उल्लेख गर्दै डा. कोइरालाले संविधान संशोधनका लागि स्पष्ट योजना आवश्यक रहेको बताए।

साताकाे चर्चित
सम्बन्धित