खानेपानी मन्त्री यादव : धरानवासीका लागि खानेपानीको समस्या समाधानमा प्रतिबद्धता
खानेपानी मन्त्री यादव : धरानवासीका लागि खानेपानीको समस्या समाधानमा प्रतिबद्धता
    • बेल संचार

    • ८ माघ २०८१, मंगलवार

काठमाडौँ ।

खानेपानी मन्त्री प्रदीप यादवले धरानवासीको खानेपानी समस्या समाधानका लागि हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

आज धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईसँग आफ्नो कार्यकक्षमा भएको छलफलमा मन्त्री यादवले खानेपानीको समस्या समाधानका लागि एकीकृत खानेपानी योजना अन्तर्गत यस वर्ष बोलपत्र आह्वान गर्ने तयारीको जानकारी दिएका छन्।

मन्त्री यादवले भने, “जग्गा प्राप्तिको सुनिश्चितताको जिम्मा धरान उपमहानगरपालिकाले लिनुपर्छ। योजना छनौट भइसकेको छ र दीर्घकालीन रूपमा हामीले खानेपानीको समस्या समाधान गर्नेछौँ।”

धरानमा लामो समयदेखि रहेको खानेपानीको समस्याबारे मन्त्री यादवका निजी सचिवालयले जनाएका अनुसार, उपमहानगरको बजेटले केही समस्या समाधान गर्न सकेका छन्, तर अझै धेरै चुनौतीहरूको सामना गर्न बाँकी छ। मन्त्री यादवसँग भेट्न आएका प्रमुख हर्कराज राईले समस्या समाधानका लागि आवश्यक कदम चालिने बताए।

साताकाे चर्चित
सम्बन्धित