प्रधानमन्त्री ओली : घरमै बसेर कम्पनी र भ्याट दर्ता गर्न सकिने प्रणालीको विकास गर्ने प्रतिबद्धता
प्रधानमन्त्री ओली : घरमै बसेर कम्पनी र भ्याट दर्ता गर्न सकिने प्रणालीको विकास गर्ने प्रतिबद्धता
    • बेल संचार

    • ८ माघ २०८१, मंगलवार

 काठमाडौँ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना र प्रविधिको सहायतामा घरमै बसेर कम्पनी र भ्याट दर्ता जस्ता कार्यहरू एकै दिनमा गर्न सकिने प्रणालीको विकास गरिने बताएका छन्।

मंगलवार बालुवाटारमा सूचना प्रविधि क्षेत्रका उद्यमी र विज्ञसँग छलफल गर्दै उनले यस्तो प्रणालीको विकास गर्न सरकार प्रतिबद्ध रहेको बताए।

प्रधानमन्त्री ओलीले भने, “अब हामी एकै दिन कम्पनी दर्ता, भ्याट दर्ता र अरु विभिन्न कामहरू घरमै बसेर गर्न सकिने प्रणाली विकास गर्दैछौं।

म यो चाहन्छु भनेर गर्न सक्ने प्रविधिको सुरुवात गर्दैछौं र छोटो समयमा यसको सफलता सुनिश्चित गर्नेछौं।”

प्रधानमन्त्री ओलीले सूचना र प्रविधिको महत्वलाई स्वीकार गर्दै विगतदेखि नै यस क्षेत्रलाई प्रभावकारी बनाउने प्रयासमा रहेकाे स्पष्ट पारे।

कार्यक्रममा, सरकारले ल्याएको नयाँ अध्यादेशबारे आइटी उद्यमीहरूले उत्साह व्यक्त गर्दै, नेपालको सूचना प्रविधि क्षेत्रमा अन्तर्राष्ट्रिय कम्पनी खोल्न सक्ने र लगानीका लागि सहजीकरण व्यवस्थाले आफूहरुलाई उत्साहित तुल्याएको बताए। यसका लागि प्रधानमन्त्री ओली र सरकारले उनीहरूको सराहना गरे।

साताकाे चर्चित
सम्बन्धित