जुम्लामा आगलागि नियन्त्रणका लागि कृतिम घटना अभ्यास प्रदर्शन
जुम्लामा आगलागि नियन्त्रणका लागि कृतिम घटना अभ्यास प्रदर्शन
    • बेल संचार

    • ८ माघ २०८१, मंगलवार

जुम्ला ।

जुम्लामा आगलागिका घटनामा सचेतना फैलाउन कृतिम घटना अभ्यासको नमूना प्रदर्शन गरिएको छ। सुख्खा मौसमको आरम्भसँगै आगलागि नियन्त्रणको महत्त्व बुझाउने उद्देश्यले नेपाली सेनाको खेलमैदान जुम्ला बजारमा रहेको टुडिखेलमा यो अभ्यास आयोजना गरिएको हो।

अभ्यासमा ग्यास आगलागि नियन्त्रण, घर र निजी आवासमा हुने आगलागि नियन्त्रण, वनजंगल र घाँसे मैदानमा हुने आगलागि नियन्त्रण, र शरीरमा आगलागि लागेमा कसरी नियन्त्रण गर्ने भन्ने विषयमा जनचेतनामूलक अभ्यास प्रस्तुत गरिएको थियो।

अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नगर प्रहरीले सक्रिय भाग लिएका थिए। घरमा आगलागि हुँदा नआत्ति बाहिर निस्कनु र घाइतेको उद्धार गर्ने उपाय, ग्यास आगलागि हुँदा पर्दा वा कपडाको प्रयोग गरी नियन्त्रण गर्ने तरिका, र वनजंगलमा आगलागि हुँदा प्रभावकारी नियन्त्रण गर्ने उपायहरूको बारेमा जानकारी दिइएको थियो।

नेपालमा आगलागिका घटनाहरू बढिरहेका कारण नागरिकलाई आगो नियन्त्रणका उपायहरूको बारेमा सचेत गराउने उद्देश्यले यो अभ्यास गरिएको हो। गत वर्ष जुम्लामा १६ वटा आगलागि घटनाहरू भएका थिए र चालु वर्षमा ४ वटा घटनाहरू भएका छन्।

कृतिम घटना अभ्यासको समिक्षा कार्यक्रममा, प्रमुख जिल्ला अधिकारी रामवहादुर शाहीले विपद् व्यवस्थापनको महत्त्व र नागरिकको सचेतनालाई प्राथमिकता दिएको बताए। चन्दलनाथ नगरपालिका मेयर नवराज देवकोटाले नगरपालिकाले आगलागि नियन्त्रणका लागि ठुलो रकम विनियोजन गरेको उल्लेख गरे।

यो अभ्यास जुम्ला जिल्ला स्थित सुरक्षा निकाय, चन्दलनाथ नगरपालिका र नेपाल रेडक्रस सोसाइटीको सक्रियतामा सम्पन्न भएको हो।

साताकाे चर्चित
सम्बन्धित