काठमाडौँ ।
नेकपा (एमाले) महोत्तरीका नेता विक्रम चौधरी आज पार्टी परित्याग गरी लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)मा प्रवेश गरेका छन्।
लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरको निवासमा आयोजित एक विशेष कार्यक्रमको दौरान, पिप्रा गाउँपालिकाका पूर्वप्रत्याशी नेता चौधरीले लोसपामा सामेल भएको घोषणा गरे।
२०७४ मा भएको उपनिर्वाचनमा चौधरी पिप्रा गाउँपालिकाको अध्यक्ष पदमा विजयी भएका थिए।
नेता चौधरीलाई पार्टीमा स्वागत गर्दै, लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले आगामी दिनमा पार्टीको साथमा मिलेर काम गर्ने विश्वास व्यक्त गरे।