रवि लामिछानेको बयानका लागि रुपन्देही अदालतमा आज सुनुवाइ सुरु
रवि लामिछानेको बयानका लागि रुपन्देही अदालतमा आज सुनुवाइ सुरु
    • बेल संचार

    • ९ माघ २०८१, बुधबार

पूर्वगृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध बुटवलस्थित सुप्रिम सहकारीको बचत ठगी आरोपमा रुपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। यो मुद्दा रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा परेको हो। अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीका अनुसार, उक्त मुद्दाको मिसिल (फाइल) अध्ययन भइरहेको छ र केहीबेरपछि इजलासमा बयान प्रक्रिया सुरु हुने जानकारी प्राप्त भएको छ।

मुद्दामा लामिछानेसहित १४ व्यक्तिविरुद्ध पूरक अभियोग दर्ता भएको छ। यसअघिको मुद्दासहित ४२ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता भएको हो। लामिछाने र अन्य अभियुक्तहरूको नाम बुटवलको सुप्रिम सहकारीसँग सम्बन्धित बचत ठगीको आरोपमा जोडिएको छ।

रवि लामिछानेको बयानका लागि मंगलबार भैरहवा पुगेका थिए र अदालत कार्यालय खुलेसँगै उनी अदालतमा उपस्थित भएका छन्। बयानपछि रवि लामिछानेविरुद्धको मुद्दामा प्रमुख बहसका लागि वरिष्ठ अधिवक्ता सुशील पन्त र वरिष्ठ अधिवक्ता नारायण कंडेल लामिछानेका पक्षबाट बहस गर्ने तयारीमा छन्।

अदालतमा लामिछानेका पक्षको वकिल टोलीमा वरिष्ठ अधिवक्ता सुशील पन्त र वरिष्ठ अधिवक्ता नारायण कंडेल रहेको छ भने विपक्षीको पक्षमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, न्यायाधिवक्ता प्रेम पौडेल, सह-न्यायधिवक्ता गोकर्ण घिमिरे जस्ता कानूनी प्रतिनिधिहरू बहस गर्ने छन्।

 

साताकाे चर्चित
सम्बन्धित