परराष्ट्रमन्त्री डा. आरजु राणा : महाराष्ट्र रेल दुर्घटनाप्रति दुःख व्यक्त
परराष्ट्रमन्त्री डा. आरजु राणा : महाराष्ट्र रेल दुर्घटनाप्रति दुःख व्यक्त
    • बेल संचार

    • १० माघ २०८१, बिहीबार

काठमाडौँ ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको महाराष्ट्रमा बुधबार भएको रेल दुर्घटनाप्रति दुःख व्यक्त गरेकी छन्।

सामाजिक सञ्जालमार्फत् उनले यस दुर्घटनामा नेपाली र भारतीय नागरिकको मृत्यु भएको खबरले आफू गहिरो दुःखित भएको उल्लेख गरेकी छिन्।

मन्त्री डा. राणाले दुर्घटनामा ज्यान गुमाउनेहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै, मृतकका परिवारजनसँग समवेदना व्यक्त गरेकी छिन्।

साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेकी छन्।

मन्त्री राणाले आज बिहान भारतका लागि नेपाली राजदूत र नेपालस्थित भारतीय राजदूतलाई टेलिफोन सम्पर्क गरी उद्धार कार्य र घाइतेको उपचारमा तदारुकताका साथ लाग्न भारत सरकार र अन्य सरोकारवाला निकायसँग आग्रह गरेकी छिन्।

गएको राती महाराष्ट्रमा भएको यो दुर्घटनामा चार नेपाली र ११ भारतीय नागरिकको ज्यान गएको छ।

साताकाे चर्चित
सम्बन्धित