कालीकोटको दुर्गम गाउँमा खाद्य बिक्री केन्द्र स्थापना
कालीकोटको दुर्गम गाउँमा खाद्य बिक्री केन्द्र स्थापना
    • बेल संचार

    • ११ माघ २०८१, शुक्रबार

मान्म ।

कालीकोटको शुभकालिका गाउँपालिका–२ भर्ता नैनेलडाँडामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खाद्य बिक्री केन्द्र स्थापना गरेको छ। यसले दुर्गम गाउँका स्थानीयलाई सहज रूपमा खाद्यान्न प्राप्त गर्न सहयोग गरेको छ।

स्थानीय बासिन्दाले अब चामल किन्नका लागि घन्टौँ हिँडेर सदरमुकाम मान्म जानु नपर्ने भएको छ। वडा नं २ का वडाध्यक्ष मनबहादुर शाहीका अनुसार, यसअघि खाद्यान्न लिन सदरमुकाम जानु पर्दा, गाडी भाडा खाद्यान्नको मूल्यभन्दा महँगो पर्थ्यो। “बिक्री केन्द्र स्थापना भएसँगै स्थानीयले सहज रूपमा अनुदानमा चामल प्राप्त गर्न थालेका छन्,” उनले बताए।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कालीकोट शाखाले स्थानीय तहसँग समन्वय गरी नागरिकलाई गुणस्तरीय खाद्यान्न उपलब्ध गराउने लक्ष्य राखेको छ। गाउँपालिकाको पहलमा बिक्री केन्द्र स्थापना भएपछि दुर्गम क्षेत्रमा बसोबास गर्ने नागरिकको खाद्य सुरक्षामा सुधार आउने अपेक्षा गरिएको छ।

साताकाे चर्चित
सम्बन्धित