प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जुम्लाका किसानलाई कृषि औजार वितरण
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जुम्लाका किसानलाई कृषि औजार वितरण
    • बेल संचार

    • ११ माघ २०८१, शुक्रबार

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ जुम्लाले यहाँका किसानलाई ५० प्रतिशत अनुदानमा रु १२ लाख ६२ हजार बराबरका कृषि औजार वितरण गरेको छ।

परियोजना प्रमुख खेमराज शाहीका अनुसार, कृषिमा यान्त्रिकीकरणमार्फत उत्पादन वृद्धि गर्ने लक्ष्यसहित यस वर्ष पनि मिनिटिलर (हाते ट्याक्टर) वितरण गरिएको छ। उनले भने, “छिटोछरितो काम गर्न र उत्पादन लागत घटाउनका लागि यो औजार वितरण गरिएको हो।”

गत वर्ष पनि सोही परियोजनाअन्तर्गत ६२ मिनिटिलर किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरिएको थियो। यस वर्ष जिल्लाका आठवटै स्थानीय तहका कृषि उद्यमी, कृषि समूह र सहकारीहरूलाई ५० प्रतिशत लागत साझेदारीमा मिनिटिलर वितरण गरिएको छ।

सूचना अधिकारी पदम कार्कीका अनुसार, अनुदानमा मिनिटिलर लिने किसानहरूले त्यसलाई प्रयोग नगर्ने समस्या देखिएकोले यसपटक परियोजना कार्यान्वयन एकाइद्वारा अनुगमन गरिनेछ।

कृषि औजारको प्रभावकारी प्रयोग सुनिश्चित गर्दै उत्पादन वृद्धि गर्न यस प्रकारका योजनाहरूले दीर्घकालीन योगदान पुर्याउने अपेक्षा गरिएको छ।

साताकाे चर्चित
सम्बन्धित