काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस रुपन्देही जिल्ला अदालतमा जारी छ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि लामिछाने गत बुधबार अदालतमा उपस्थित भएका थिए।
बुधबार नै उनको बयान सकिएपछि बिहीबारदेखि थुनछेक बहस सुरु भएको हो। बिहीबारको बहसमा सरकारी वकिलहरूले आफ्नो तर्क प्रस्तुत गरेका थिए भने आज जाहेरवालाका तर्फबाट वकिलहरूले बहस गरेका छन्।
अहिले प्रतिवादीका तर्फबाट वकिलहरूको बहस जारी छ। प्रतिवादीका तर्फबाट अधिवक्ता सुशिल पन्तले बहस गरिरहेको अदालत स्रोतले जानकारी दिएको छ।
थुनछेक बहस सकिएपछि अदालतले थुनछेकसम्बन्धी आदेश दिनेछ। यस प्रकरणको न्यायिक परिणामलाई लिएर सर्वसाधारणको चासो बढेको देखिन्छ।