जुम्लामा भूमि समस्या समाधान आयोगको कार्यालय स्थापना
जुम्लामा भूमि समस्या समाधान आयोगको कार्यालय स्थापना
    • बेल संचार

    • १७ माघ २०८१, बिहीबार

जुम्ला

जिल्ला समन्वय समितिको परिसरमा भूमि समस्या समाधान आयोगको कार्यालय स्थापना गरिएको छ। आयोगका नवनियुक्त जिल्ला अध्यक्ष सुरतबहादुर शाहीले आजै पदभार ग्रहण गरेका छन्।

अध्यक्ष शाहीले जिल्लामा रहेको भूमिसम्बन्धी समस्याहरू समाधान गर्न गम्भीरतापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भूमिहीन दलित, अव्यवस्थित बसोबासी, र सुकुम्बासी समुदायको समस्या समाधानका लागि आवश्यक प्रक्रिया अघि बढाइने बताए।

भूमि समस्या समाधानका लागि सरकारले देशभरका ७७ वटै जिल्लामा आयोग गठन गरी एक जना अध्यक्ष तथा तीन जना विज्ञ सदस्य नियुक्त गर्ने निर्णय गरिसकेको छ। तर, जुम्लाका लागि विज्ञ सदस्यहरूको नियुक्ति अझै बाँकी रहेको छ।

साताकाे चर्चित
सम्बन्धित