सेयर बजारमा सुधार, १२ कम्पनीको नयाँ रेकर्ड
सेयर बजारमा सुधार, १२ कम्पनीको नयाँ रेकर्ड
    • बेल संचार

    • १८ माघ २०८१, शुक्रबार

काठमाडौं ।

नेपाली सेयर बजारमा पछिल्लो समय उतारचढाव न्यून भए पनि एक दर्जन कम्पनीले नयाँ रेकर्ड कायम गरेका छन्।

गत साउन ३१ गते ३,००० अंकसम्म पुगेको नेप्से परिसूचक असोज १३ गते २,४६४ अंकसम्म झरेको थियो। त्यसयता बजारमा सुधार हुँदै अहिले २,६५७ अंकमा स्थिर रहेको छ।

बजारमा सूचीकृत १२ कम्पनीको सेयर मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। यसअघि कम्पनीले दिएको हकप्रद तथा बोनस सेयर समायोजनलाई समेत आधार मान्दा, यी कम्पनीहरूले हालसम्मकै उच्च मूल्य कायम गरेका हुन्।

नयाँ उचाइमा पुगेका कम्पनीमध्ये अधिकांश हाइड्रोपावर क्षेत्रका छन्। उच्च मूल्य बनाउने कम्पनीहरूमा ७ हाइड्रोपावर, ३ विकास बैंक, १ लगानी कम्पनी र १ लघुवित्त कम्पनी रहेका छन्।

हाल बजार स्थिर रहे पनि हाइड्रोपावर, विकास बैंक, लगानी कम्पनी र लघुवित्तको सेयरमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ। यसले आगामी दिनमा बजारमा सुधारको संकेत दिएको विज्ञहरूको विश्लेषण छ।

साताकाे चर्चित
सम्बन्धित