काठमाडौं
त्रिकोणात्मक महिला टी-२० आई सिरिजको आफ्नो तेस्रो खेलमा आज नेपालले नेदरल्याण्ड्सको सामना गर्दै छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल दिउँसो सवा १२ बजे शुरू हुनेछ । दुवै टोली सिरिजमा दोस्रो पटक आमनेसामने हुँदैछन् । नेपाललाई पहिलो भेटमा नेदरल्याण्ड्सले पराजित गरेको थियो ।
नेपाल अझै पनि पहिलो जितको खोजीमा छ । नेदरल्याण्ड्स भने दोस्रो जितको खोजीमा छ । सिरिजको पहिलो खेलमा नेदरल्याण्ड्स र शनिवार थाइल्याण्डसँग पराजित भएको थियो ।
पहिलो खेलमा नेपाललाई पराजित गरेको नेदरल्याण्ड्स दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो ।