नेपाल खेलकुद महासंघ त्रिपुरा सुन्दरी गाउँपालिका कमिटीको प्रथम अधिवेशन सम्पन्न
नेपाल खेलकुद महासंघ त्रिपुरा सुन्दरी गाउँपालिका कमिटीको प्रथम अधिवेशन सम्पन्न
    • बेल संचार

    • २० माघ २०८१, आईतवार

धादिङ 

नेकपा एमाले अन्तर्गत नेपाल खेलकुद महासंघ त्रिपुरा सुन्दरी गाउँपालिका कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ। अधिवेशन नेकपा एमाले त्रिपुरा सुन्दरी गाउँपालिकाका अध्यक्ष बाबु कृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि नेपाल खेलकुद महासंघ केन्द्रीय सचिवालय सदस्य तथा धादिङ जिल्ला इन्चार्ज एवं नेकपा एमाले धादिङ जिल्ला कमिटी सदस्य रहेका थिए। विशेष अतिथिका रूपमा नेकपा एमाले केन्द्रीय सदस्य तथा धादिङ जिल्ला इन्चार्ज खेम प्रसाद लोहोनी, नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य तथा पालिका इन्चार्ज उमेश कुमार थापा, शम्भु कुमार थापा, नेपाल सरकार भूमि आयोग अध्यक्ष हरी पन्थ, नेकपा एमाले धादिङ जिल्ला सदस्य राम माया पन्थ, नेकपा एमाले जिल्ला विभाग समिति सदस्य कृष्ण खत्री, नेकपा एमाले त्रिपुरा सुन्दरी गाउँपालिकाका उपाध्यक्ष कमल थापा मगर, सचिव राजु राना मगर, वडा नं १ का अध्यक्ष लक्ष्मी प्रसाद पाठक, वडा नं ४ का अध्यक्ष अर्जुन विस्कुने, वडा नं ६ का अध्यक्ष देव प्रसाद बसौंला, वडा नं ७ का अध्यक्ष कपिल अधिकारी, वडा नं ४ का उपाध्यक्ष प्रदीप सिम्खडा, वडा नं ४ का सचिव बिषु सिम्खडा लगायत अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

अधिवेशनले सञ्जीप थापा मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। समितिमा निम्न सदस्यहरू चयन भएका छन्:

नेपाल खेलकुद महासंघ त्रिपुरा सुन्दरी गाउँपालिका कमिटीको कार्यसमिति

अध्यक्ष: सञ्जीप थापा मगर
उपाध्यक्ष: सुबास थापा मगर
सचिव: प्रकाश श्रेष्ठ
सहसचिव:

  • इन्द्र रोक्का
  • शमशेर बा थापा मगर
    कोषाध्यक्ष: कमला राना मगर
    सदस्यहरू:
  • सरोज अधिकारी
  • मनोज भट्ट
  • सुजन बस्नेत
  • सुमन श्रेष्ठ
  • अनिल अधिकारी
  • दिपेश कंडेल
  • हरिशरण पाठक, रहेका छन।

साताकाे चर्चित
सम्बन्धित