अमेरिकाले लगायो चिनियाँ सामानमा १० प्रतिशत कर
अमेरिकाले लगायो चिनियाँ सामानमा १० प्रतिशत कर
    • बेल संचार

    • २० माघ २०८१, आईतवार

President Donald Trump poses after signing the Laken Riley Act during an event in the East Room of the White House, Wednesday, Jan. 29, 2025, in Washington. (AP Photo/Evan Vucci)

अमेरिका, 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार चीनबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ ।

पछिल्लो अमेरिकी व्यापार संरक्षणवादी उपायको घरेलु र अन्तर्राष्ट्रिय स्तरमा व्यापक विरोध भएको छ । ह्वाइट हाउसले १० प्रतिशत कर हालको कर बाहेक चीनबाट हुने सबै आयातमा लागू गरिएको बताएको छ ।

कार्यकारी आदेशअनुसार संयुक्त राज्य अमेरिकाले मेक्सिको र क्यानडाबाट आउने सामानहरूमा पनि २५ प्रतिशत कर लगाएको छ । क्यानडाबाट आउने ऊर्जा उत्पादनहरूका लागि प्रशासनले १० प्रतिशत शुल्क लगाएको छ ।

 सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

साताकाे चर्चित
सम्बन्धित