मकवानपुरको राक्सिराङमा युवकको लडेर मृत्यु
मकवानपुरको राक्सिराङमा युवकको लडेर मृत्यु
    • बेल संचार

    • २० माघ २०८१, आईतवार

हेटौँडा ।

मकवानपुरको राक्सिराङ गाउँपालिका–४ जैसिङतालस्थित करङभिरबाट लडेर एक युवकको मृत्यु भएको छ। पर्साको पटेर्वा सुगौली गाउँपालिका–३ ठूलोदेवली निवासी ४२ वर्षीय राजकपुर चौधरी पैदल हिँडिरहेको अवस्थामा अचानक भिडबाट ७० मिटर तल लडेर गम्भीर घाइते भएका थिए। उनलाई हेटौँडा अस्पतालमा उपचारका लागि ल्याइएको थियो, जहाँ उपचारका क्रममा उनको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार, घटनाबारे थप अनुसन्धान भइरहेको छ।

साताकाे चर्चित
सम्बन्धित