काठमाडौंका दुई स्थानमा आगलागी, ३२ लाख रुपैयाँभन्दा बढीको क्षति
काठमाडौंका दुई स्थानमा आगलागी, ३२ लाख रुपैयाँभन्दा बढीको क्षति
    • बेल संचार

    • २० माघ २०८१, आईतवार

काठमाडौं।

काठमाडौंका दुई फरक स्थानमा आगलागी हुँदा ३२ लाख रुपैयाँ भन्दा बढीको धनमाल नष्ट भएको छ।

बुढानीलकण्ठ नगरपालिका–८ माहांकालस्थित रामचन्द पराजुलीको जग्गा भाडामा लिई जस्ताले बनाएको सटरहरूमा शनिबार राति आगलागी भएको थियो। यस आगलागीमा कपन बस्ने इश्वर गौतमको फर्निचर उद्योग, वीरेन्द्र साहको माछा पसल, रूद्र बस्नेतको क्याटरिङको सामान पसल, लिलाबहादुर तामाङको खाजा घर र अर्जुन चौधरीको मोटरसाइकल ग्यारेजसमेत जलेर २५ लाख १४ हजार रुपैयाँ बराबरको क्षति भएको छ।

त्यसैगरी, काठमाडौं महानगरपालिका–३२ कोटेश्वर रत्नमार्गस्थित सुरेश ढकालको घरमा पनि आगलागी भएको थियो। उक्त घरमा डेरा गरी बस्ने गोरखा नगरपालिका–१ घर भएका ३३ वर्षीय राम बहादुर थापाको कोठामा विद्युत सर्ट भई शनिबार राति आगलागी भएको थियो। यस आगलागीबाट कोठामा रहेको सरसामान जलेर करिब ७ लाख ५५ हजार ५ सय रुपैयाँ बराबरको क्षति भएको छ।

साताकाे चर्चित
सम्बन्धित