महोत्तरीको गौशाला नगरपालिका वडा नं ८ का अभिषेक यादवका श्रीमती १९ वर्षीया खुश्बु यादवको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ।
राति घरबाट निस्केकी खुश्बुको शव आज बिहान गौशाला नगरपालिका वडा नं ५ मा विद्युत् प्राधिकरण कार्यालयको ५ सय मिटर उत्तर स्थित खेतमा फेला परेको हो। महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जैसवारले यस घटनाबारे जानकारी दिएका छन्।
घटनामा थप अनुसन्धान भइरहेको छ र जिल्ला प्रहरी कार्यालय महोत्तरीले विस्तृत जानकारी दिने जनाएको छ।