काठमाडौं ।
साउदी प्रो लिग क्लब अल नासरले एएफसी च्याम्पियन्स लिग इलाइटमा फराकिलो जित निकालेको छ। गएराति भएको खेलमा यूएईको क्लब अल वासललाई ४-० ले पराजित गरेको हो।
अल नासरको जितमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले २ गोल गरे। त्यस्तै, अलि अल हासन र मोहमद अल फातिले एक-एक गोल गरे। यस खेलमा रोनाल्डोले आफ्नो करियर गोल संख्या ९२३ पुर्याएका छन्।
रोनाल्डोले बुधबार आफ्नो ४०औं जन्मदिन मनाउँदै गर्दा, एक दिनअघि उनले दुई गोल गरेका थिए। पहिलो गोल पेनाल्टी मार्फत र दोस्रो गोल हेडरद्वारा गरेका थिए। उनको गोलमा छोरा पनि दर्शकदीर्घामा सेलेब्रेट गर्न व्यस्त थिए।
यो जितपछि अल नासर एएफसी च्याम्पियन्स लिग इलाइटमा ७ खेलबाट १६ अंकसहित तेस्रो स्थानमा रहेको छ। भने, अल वासलको ७ खेलमा ११ अंक रहेको छ।