कर्णाली प्रदेशमा पाँच हजारभन्दा बढी शिक्षकको दरबन्दी रिक्त
कर्णाली प्रदेशमा पाँच हजारभन्दा बढी शिक्षकको दरबन्दी रिक्त
    • बेल संचार

    • २२ माघ २०८१, मंगलवार

Classroom

कर्णाली प्रदेशमा पाँच हजारभन्दा बढी शिक्षकको दरबन्दी रिक्त रहेको छ। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय, शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बलवीर सुनारले कर्णालीमा अझै पाँच हजार पाँच सय ४९ शिक्षक रिक्त रहेको बताए।

कर्णालीमा दुई हजार नौ सय ३१ सामुदायिक विद्यालयमा ११ हजार आठ सय ६५ दरबन्दीमा मात्र शिक्षक छन्। हाल विद्यालयका आधारमा १७ हजार तीन सय ८४ शिक्षक आवश्यक छन्। प्रावि तहमा ९ सय २७ विद्यालयमा ६ सय ४४ शिक्षक अपुग छन्, निम्नमाध्यमिक तहमा १ हजार १४० विद्यालयमा २ हजार ६ सय ९९ शिक्षक अपुग छन्, मावि तहमा ६ सय ५ विद्यालयमा १ हजार ७ सय ४९ शिक्षक अपुग छन्, र उच्च मावि तहमा २ सय ५९ विद्यालयमा ४ सय ५७ शिक्षक अपुग छन्।

कर्णालीमा विशेषगरी अङ्ग्रेजी, गणित र विज्ञान शिक्षकको अभाव छ। कानुनअनुसार, प्रत्येक विद्यालय तहमा शिक्षकहरूको न्यूनतम दरबन्दी निर्धारण गरिएको छ। शिक्षकको अभावपछि विभिन्न विकल्पबाट शिक्षक नियुक्त गरिएका छन्, जसमा निजी स्रोत, स्थानीय तह, प्रदेश र संघीय सहयोगबाट शिक्षक नियुक्त गरेर पढाउनुपर्ने भएको छ।

कर्णालीको साक्षरता दर ७६.१ प्रतिशत रहेको छ, र यहाँ बालविकासदेखि उच्च माविसम्म छ लाखभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।

साताकाे चर्चित
सम्बन्धित