नेपाल टेलिकमको ६ अर्ब २३ करोड खुद मुनाफा
नेपाल टेलिकमको ६ अर्ब २३ करोड खुद मुनाफा
    • बेल संचार

    • २२ माघ २०८१, मंगलवार

काठमाडौँ ।

नेपाल टेलिकमले आर्थिक वर्ष २०८०/८१ मा कुल ६ अर्ब २३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। टेलिकमले आफ्नो २१औं वार्षिकोत्सवका अवसरमा आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै यो जानकारी दिएको हो।

टेलिकमका अनुसार, उक्त आर्थिक वर्षमा कम्पनीको कुल आम्दानी ४२ अर्ब ११ करोड रुपैयाँ रहेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा केही कमी भए पनि अर्थतन्त्रका सूचक नकारात्मक भएका बेला कम्पनीले मुनाफा आर्जन गर्न सफल भएको बताइएको छ।

चालु आर्थिक वर्षको पौष मसान्तसम्म कम्पनीले करिब २० अर्ब १२ करोड रुपैयाँ आम्दानी गरिसकेको छ।

साथै, टेलिकमका ग्राहक संख्या २ करोड १२ लाख ४२ हजारभन्दा बढी पुगेको छ। जीएसएम सेवामा २ करोड ७ लाख ७४ हजार ग्राहक, पीएसटीएन सेवामा ८७ हजार ग्राहक तथा एचटीटीएफ भ्वाइस सेवामा ३ लाख ८० हजार ग्राहक रहेका छन्।

साताकाे चर्चित
सम्बन्धित