सुर्खेतमा झोलुङ्गे पुल निर्माणका क्रममा दुई जना बेपत्ता
सुर्खेतमा झोलुङ्गे पुल निर्माणका क्रममा दुई जना बेपत्ता
    • बेल संचार

    • २३ माघ २०८१, बुधबार

सुर्खेत ।

भेरी नदीमाथि निर्माण भइरहेको झोलुङ्गे पुलमा काम गरिरहेका दुई जना मजदुर बेपत्ता भएका छन्। सुर्खेतको बराहताल गाउँपालिका–४ र पञ्चपुरी नगरपालिका–१४ जोड्ने पुल निर्माणका क्रममा उनीहरू नदीमा खसेर बेपत्ता भएका हुन्।

बेपत्ता हुनेहरू पूर्वी रुकुमको सिस्ने गाउँपालिका–२ निवासी २४ वर्षीय अनिल घर्ती र १८ वर्षीय अर्जुन घर्ती मगर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक (डीएसपी नारायण डाँगी) का अनुसार झोलुङ्गे पुलको लठ्ठा तान्ने क्रममा उनीहरू भेरी नदीमा खसेका थिए। घटना दिउँसो साढे १ बजेतिर भएको हो।

बेपत्ता मजदुरहरूको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालित भएको छ। नेपाल सशस्त्र प्रहरी बल बाङ्गे सिमलबाट प्रहरी निरीक्षकको कमान्डमा ७ जना उद्धार कार्यमा खटिएका छन्।नेपाल प्रहरीका ११ जना समेत खोजी अभियानमा सक्रिय छन्।

प्रहरीले भेरी नदी आसपासका क्षेत्रमा खोजी कार्य जारी रहेको जनाएको छ। बेपत्ता मजदुरहरूको अवस्था अझै अज्ञात छ।

साताकाे चर्चित
सम्बन्धित