धादिङमा असल तथा खरब छुवाई सम्बन्धी तालिम सञ्चालन
धादिङमा असल तथा खरब छुवाई सम्बन्धी तालिम सञ्चालन
    • शर्मिला विश्वकर्मा

    • २३ माघ २०८१, बुधबार

धादिङ

डाउन सिन्ड्रोम समाज नेपालले अस्ट्रेलियन एडको सहयोगमा धादिङमा डाउन सिन्ड्रोम अपाङ्गता भएका बालिका, अभिभावक र शिक्षकहरुलाई असल र खरब छुवाई सम्बन्धी तालिम सञ्चालन गरेको छ।

माघ २३ गते देखि २७ गतेसम्म गरी ५ दिन सम्म  सञ्चालन हुने हिंसा विरुद्ध हाम्रो अभियान प्रतिकार र प्रतिरक्षा असल र खरब छुवाई सम्बन्धी तालिम सञ्चालन गर्ने आयोजकले जानकारी गराउनु भयो । तालिमको पहिलो दिन  बुधबारका दिन आयोजक संस्था डाउन सिन्ड्रोम समाज नेपालकी अध्यक्ष शिला थापाले  डाउन सिन्ड्रोम अपाङ्गता भएका महिलाहरूलाई हिंसा विरुद्ध प्रतिकार गर्नको लागि पूर्व तयारी गराउने  यश तालिमको रहेको उद्देश्य बताउनुभयो । साथै उहाँले आफ्ना घरपरिवार, आफन्त ,नातेदार तथा  अपरिचित व्यक्तिहरूबाट गरिने छुवाई, ती छुवाईहरूलाई  आफ्ना अभिभावक तथा विश्वाशिला व्यक्तिहरूलाई  व्यक्त गरी सुरक्षित रहने भन्ने विषयहरूमा  विभिन्न पहुँचयुक्त  तालिम सामाग्रीको प्रयोग गर्दै डाउन सिण्ड्रोम अपाङ्गता भएका छोरी तथा अभिभावक  र शिक्षकहरुलाई तालिम दिने बताउनुभयो । त्यसै गरी सहजकर्ता महालक्ष्मी श्रेष्ठले सहभागीहरूलाई चित्रद्वारा शरीरका अङ्गहरू चिनाउँदै प्रयोगात्मक अभ्यास गराउनु भयो  ।

तालिममा सहभागी अभिभावक तथा शिक्षकहरूले यस तालिमबाट अबका दिनमा अपाङ्गता भएका बालिकाहरुलाई कसले कसरी छुँदा आफूलाई सुरक्षित महसुस गर्ने भन्ने कुराको जानकारी प्राप्त गर्ने , आफ्नो कुन अङ्गमा अरुलाई छुन नदिने भनेर थाहा पाउने, उनीहरुका समस्या पहिचान गर्न सक्ने, आफ्ना व्यक्तिगत अनुभवलाई व्यक्त गर्न सक्ने, प्रतिकार गर्न सक्ने, असल र खरब छुवाईको  बारेमा प्रष्ट जान्ने लगायतका अपेक्षा रहेको बताउनु भयो। धादिङमा ५ दिन सम्म सञ्चालन हुने उक्त तालिममा के कस्ता विषय वस्तुहरू समावेश गर्ने भन्दै तालिमका स्रोत सामग्रीहरूको प्रयोग गर्दै व्यवहारिक विधिद्वारा तालिम गराइने  सहभागीहरुलाई जानकारी गराइएको थियो ।

साताकाे चर्चित
सम्बन्धित