कैलालीको गोदावरीमा आमा–छोरी मृत अवस्थामा फेला
कैलालीको गोदावरीमा आमा–छोरी मृत अवस्थामा फेला
    • बेल संचार

    • २५ माघ २०८१, शुक्रबार

धनगढी ।

कैलालीको गोदावरी नगरपालिका–११, गोठानमा एक आमा र उनकी दुई वर्षीया छोरी मृत अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) कविन्द्रसिंह बोहराका अनुसार २४ वर्षीया मिरा कामी र उनकी छोरी प्रिन्सी बिहीबार साँझ साढे ७ बजे घरमै झुन्डिएको अवस्थामा मृत भेटिएका हुन्।

प्रहरीका अनुसार मृतक मिराका सहोदर देबर नरेश बिकले झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

घटनाका बेला मिराका श्रीमान भारतमा रोजगारीका सिलसिलामा थिए भने उनकी सासु आमा पनि घरमा नभएको पाइएको छ।

दुवै जनाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

साताकाे चर्चित
सम्बन्धित