भ्यालेन्टाइन सप्ताह: प्रेम उत्सवको सुरुवात
भ्यालेन्टाइन सप्ताह: प्रेम उत्सवको सुरुवात
    • बेल संचार

    • २५ माघ २०८१, शुक्रबार

काठमाडौँ ।

हरेक वर्ष फेब्रुअरी १४ मा मनाइने भ्यालेन्टाइन डे प्रेम व्यक्त गर्ने विशेष अवसर हो। पहिले यो दिन मात्र मनाइने गरिन्थ्यो, तर अहिले युवाहरूले यसलाई एक हप्तासम्म उत्सवका रूपमा मनाउन थालेका छन्। भ्यालेन्टाइन सप्ताह फेब्रुअरी ७ बाट सुरु भई फेब्रुअरी १४ सम्म विभिन्न दिनहरूसहित मनाइन्छ।

रोज डेबाट सुरु हुने उत्सव

फेब्रुअरी ७ मा मनाइने रोज डे बाट भ्यालेन्टाइन सप्ताहको सुरुवात हुन्छ। यस दिन जोडीहरूले मात्र नभई साथीभाइ तथा आफन्तलाई पनि प्रेम, मित्रता र सद्भाव व्यक्त गर्न गुलाफका फूल दिने गर्छन्। गुलाफको फरक-फरक रङले फरक भावनाहरूको प्रतिनिधित्व गर्छ:

  • रातो गुलाफ – साँचो प्रेम
  • सेतो गुलाफ – शान्ति र नयाँ सुरुवात
  • पहेंलो गुलाफ – मित्रता र खुसी
  • गुलाबी गुलाफ – कृतज्ञता र प्रशंसा
  • सुन्तला गुलाफ – जोस, उत्साह र आकर्षण

भ्यालेन्टाइन सप्ताहको ऐतिहासिक पृष्ठभूमि

रोमन राजा क्लाउडियस द्वितीय को शासनकालमा सेन्ट भ्यालेन्टाइन ले प्रेम र विवाहलाई प्रवर्द्धन गर्न संघर्ष गरेको विश्वास गरिन्छ। उनलाई प्रेम विवाहको समर्थन गरेको कारण सजाय दिइएको थियो। उनको प्रेम र बलिदानको सम्झनामा भ्यालेन्टाइन सप्ताह मनाउने चलन सुरु भएको बताइन्छ।

भ्यालेन्टाइन सप्ताहको दिनहरू

१ हप्तासम्म मनाइने भ्यालेन्टाइन सप्ताहका प्रत्येक दिनले प्रेम र सम्बन्धलाई मजबुत बनाउने अर्थ राख्छ:

  • फेब्रुअरी ७ – रोज डे (गुलाफ आदान-प्रदान)
  • फेब्रुअरी ८ – प्रपोज डे (प्रेम प्रस्ताव राख्ने दिन)
  • फेब्रुअरी ९ – चकलेट डे (मिठास बढाउने दिन)
  • फेब्रुअरी १० – टेडी डे (प्रेमको प्रतीक टेडी गिफ्ट दिने दिन)
  • फेब्रुअरी ११ – प्रमिस डे (प्रतिबद्धता व्यक्त गर्ने दिन)
  • फेब्रुअरी 12 – हग डे (अँगालो मारेर स्नेह देखाउने दिन)
  • फेब्रुअरी १३ – किस डे (माया दर्शाउने दिन)
  • फेब्रुअरी १४ – भ्यालेन्टाइन डे (प्रेम उत्सवको मुख्य दिन)

प्रेम, मित्रता र सद्भावको प्रतीक भ्यालेन्टाइन सप्ताह अहिले पश्चिमी संस्कृतिबाट बढ्दै अन्य देशहरूमा समेत लोकप्रिय बन्दै गएको छ।

साताकाे चर्चित
सम्बन्धित