काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डोलप्रसाद अर्याल (डीपी) ले आफ्ना पार्टी सभापति रवि लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको आरोप लगाउँदै उनको सांसद पद निलम्बन फुकुवा गर्न माग गरेका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद अर्यालले सरकारको रवैया पूर्वाग्रही रहेको दाबी गर्दै संसद्लाई पनि यसमा समर्थन नगर्न आग्रह गरे।
उनले भने, “रवि लामिछानेमाथि सरकारले प्रतिशोध साँध्यो। सार्वभौम सांसदले पनि सरकारको रबैयामा समर्थन नगरोस्। सरकारलाई प्रतिशोधको मूल्य चुकाउनुपर्ने छ। सरकारको कुनियत जनताले बुझिसकेका छन्। थुनामा नहुँदा सांसद पद निलम्बन नहुने व्यवस्थालाई कार्यान्वयन गर्दै सांसद पद निलम्बन फुकुवा गरियोस्।”
सांसद अर्यालले सरकारको निर्णयलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै निष्पक्ष न्यायिक प्रक्रिया सुनिश्चित गर्नुपर्नेमा जोड दिए।
रवि लामिछानेको सांसद पद निलम्बनबारे संसदीय छलफल चलिरहेको बेला रास्वपाका सांसदहरूले यस विषयमा निरन्तर दबाब दिँदै आएका छन्।