उपप्रधानमन्त्री सिंह : ‘काम गर्नेहरूलाई गफ गर्नेहरूसँग तुलना गर्न मिल्दैन’
उपप्रधानमन्त्री सिंह : ‘काम गर्नेहरूलाई गफ गर्नेहरूसँग तुलना गर्न मिल्दैन’
    • बेल संचार

    • २५ माघ २०८१, शुक्रबार

काठमाडौँ ।

उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले काम गर्नेहरूलाई गफ मात्र गर्नेहरूसँग तुलना गर्न नमिल्ने बताएका छन्।

शुक्रबार काठमाडौं महानगरपालिका–२९ को वडा भवन उद्घाटन समारोहमा बोल्दै उनले कतिपयले संविधान जारी गर्ने कामलाई पनि महत्व नदिएको भन्दै आपत्ति जनाए।

“संविधान जारी गर्नु पनि केही होइन भन्छन्। के गर्दा ठूलो काम हुने रहेछ यहाँ? काम गर्नेहरूलाई त्यसै हावादारी गफ गर्नेहरूसँग तुलना गरेर हुन्छ?” उनले प्रश्न गरे। साथै, राजनीतिमा सेवा गर्न आउने र स्वार्थका लागि लाग्नेहरूबारे गम्भीर रूपमा सोच्नुपर्ने धारणा राखे।

उनले नागरिकको चाहनाअनुसार स्थिर सरकार बनाउन कांग्रेस–एमाले मिलेको भन्दै अर्थतन्त्रलाई चलायमान बनाउन अध्यादेश ल्याइएको जिकिर गरे। सिंहका अनुसार सरकारले उपयोगविहीन सार्वजनिक जग्गा जनताका लागि उपलब्ध गराउने तथा स्थानीयलाई उपभोगको अधिकार दिने विषयमा कार्य गर्दै आएको छ।

उनले आफ्नो निर्वाचन क्षेत्र काठमाडौं–१ मा सडक तथा सामुदायिक विद्यालयका पूर्वाधारमा धेरै काम भइसकेको उल्लेख गर्दै अब स्वास्थ्य क्षेत्रको सुधारमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरे।

साताकाे चर्चित
सम्बन्धित