सिराहामा विद्युत प्राधिकरणका कर्मचारी पक्राउ
सिराहामा विद्युत प्राधिकरणका कर्मचारी पक्राउ
    • बेल संचार

    • २६ माघ २०८१, शनिबार

सिराहा ।

सिराहा प्रहरीले जबरजस्ती करणी र विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दामा नेपाल विद्युत् प्राधिकरणका एक कर्मचारीलाई पक्राउ गरेको छ।

नेपाल विद्युत् प्राधिकरण सिराहा शाखामा कार्यरत कर्मचारी, उदयपुरको लिम्चुङबुङ गाउँपालिका–४ निवासी ३१ वर्षीय विश्वराज राईलाई सिराहा नगरपालिका–७ हेमनारायण चौकबाट पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डीएसपी वीरेन्द्र कुमार पासवानका अनुसार, राईलाई जबरजस्ती करणी र विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दामा पक्राउ गरिएको हो। काठमाडौँ जिल्ला अदालतले उनलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गरेको थियो।

जाहेरी परेपछि फरार रहेका राईलाई पक्राउ गरी प्रहरी प्रधान कार्यालय काठमाडौँको साइबर ब्युरोमा पठाइएको डीएसपी पासवानले जानकारी दिएका छन्।

साताकाे चर्चित
सम्बन्धित