सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी, तीन कोठामा क्षति
सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी, तीन कोठामा क्षति
    • बेल संचार

    • २६ माघ २०८१, शनिबार

काठमाडौं ।

सिंहदरबारस्थित खानेपानी मन्त्रालयको चौथो तलामा भएको आगलागीबाट तीनवटा कोठामा क्षति पुगेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीका कारण तीनवटा कोठामा रहेका भौतिक संरचना तथा महत्वपूर्ण कागजात जलेर नष्ट भएका छन्।

चौथो तलामा खानेपानी मन्त्रीको कार्यकक्षसमेत रहेको भए पनि अन्य कुन-कुन कार्यकक्ष प्रभावित भए भन्ने खुल्न बाँकी छ।

सिंहदरबार प्रहरीका अनुसार आगलागी बिहान ८:३० बजे सुरु भएको थियो।

सिंहदरबार सुरक्षा गणका प्रमुख, प्रहरी नायब उपरीक्षक दिनेश घिमिरेले बारुणयन्त्रको सहायताले १५ मिनेटको प्रयासपछि आगो नियन्त्रणमा लिइएको जानकारी दिए।

उक्त भवनभित्र खानेपानी मन्त्रालयसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत रहेको छ।

आगलागीको कारण खुल्न सकेको छैन र यसबारे थप अनुसन्धान भइरहेको छ।

साताकाे चर्चित
सम्बन्धित