नारायणगढ-मुग्लिन सडकखण्डमा बस दुर्घटना, २३ जना घाइते
नारायणगढ-मुग्लिन सडकखण्डमा बस दुर्घटना, २३ जना घाइते
    • बेल संचार

    • २७ माघ २०८१, आईतवार

काठमाडौं

नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस नारायणगढ–मुग्लिन सडकखण्डमा दुर्घटनाग्रस्त भएको छ। आज बिहान करिब ४:३० बजे सेतीदोभान पुलबाट खसेको उक्त बसमा सवार २८ मध्ये २३ जना घाइते भएका छन्।

लु प्र ०३–००१ ख ००७७ नम्बरको बस अनियन्त्रित भई सडकबाट तल खसेको हो। घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीको नेतृत्वमा उद्धार टोली परिचालित भएको थियो।

प्रहरीका अनुसार घाइतेहरूको अवस्था सामान्यदेखि गम्भीरसम्म रहेको छ। उनीहरूलाई तत्काल उपचारका लागि चितवनका विभिन्न अस्पतालमा पठाइएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नारायणगढ–मुग्लिन सडकखण्ड पहिरो तथा दुर्घटनाको उच्च जोखिमयुक्त क्षेत्र मानिन्छ। यस क्षेत्रका सडक सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन यातायात तथा सरोकारवाला निकायहरूलाई सतर्कता अपनाउन स्थानीय बासिन्दाले माग गरेका छन्।

साताकाे चर्चित
सम्बन्धित