सुर्खेत ।
सुर्खेत, भेरी नगरपालिका–५ स्थित सानो खोलामा तीर्थयात्री बोकेको यात्रुबाहक बस दुर्घटनामा परेको छ।
आइतबार बेलुका भएको दुर्घटनामा ३५ जना घाइते भएका छन् भने ६ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
भे १ ख ४३३१ नम्बरको बस अनियन्त्रित भई सडक पुल नजिकबाट करिब ७/८ मिटर तल खसेको हो।
डीएसपी वीरेन्द्र विश्वकर्माका अनुसार बसमा ४१ जना तीर्थयात्री सवार थिए। दुर्घटनामा परेका घाइतेहरूलाई बाँकेको कोहलपुर अस्पताल पठाइएको छ।
‘दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन, तर ६ जना गम्भीर घाइते भएका छन्,’ डीएसपी विश्वकर्माले भने।
उनका अनुसार बस भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भ मेलामा जाँदै गरेको थियो।
हाल उद्धारकार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।