लगातारको गिरावटपछि नेप्से झिनो अंकले उकालो
लगातारको गिरावटपछि नेप्से झिनो अंकले उकालो
    • बेल संचार

    • २९ माघ २०८१, मंगलवार

काठमाडौं

लगातार दुई दिनको गिरावटपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मङ्गलबार झिनो अंकले बढेको छ।

साताको पहिलो दिन आइतबार र दोस्रो दिन सोमबार गिरावट आएको बजारमा मङ्गलबार नेप्से परिसूचक ६.५४ अंकले बढेर २,६८३.८६ बिन्दुमा पुगेको छ।

यस दिन १ करोड ३९ लाख ६८ हजार २५८ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ७ अर्ब २४ करोड ६२ लाख २१ हजार रुपैयाँ पुगेको छ।

सोमबार नेप्से परिसूचक १०.९८ अंकले घटेर २,६७७.३२ बिन्दुमा पुगेको थियो, भने आइतबार पनि ११.९४ अंकको गिरावटसहित २,६८८.३१ बिन्दुमा बन्द भएको थियो।

आजको कारोबारमा सिक्लेस हाइड्रोपावर, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, र रसुवागढी हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन्। यी तीन कम्पनीका सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ।

कारोबार रकमका आधारमा, सीईडीबी होल्डिङ्स लिमिटेडको सेयर ३६ करोड ८१ लाख ८२ हजार रुपैयाँको खरिदबिक्री भएको छ, जसले बजारमा उच्च कारोबार भएको कम्पनीको सूचीमा अग्रस्थान हासिल गरेको छ ।

साताकाे चर्चित
सम्बन्धित