गायिका एलिना चौहानले पूर्वपति विष्णु सापकोटालाई समर्पित गर्दै भावुक स्ट्याटस लेखिन्
गायिका एलिना चौहानले पूर्वपति विष्णु सापकोटालाई समर्पित गर्दै भावुक स्ट्याटस लेखिन्
    • बेल संचार

    • २९ माघ २०८१, मंगलवार

काठमाडौं ।

लोकप्रिय गायिका एलिना चौहानले पूर्वपति विष्णु सापकोटालाई सम्बोधन गर्दै सामाजिक सञ्जाल फेसबुकमा भावुक स्ट्याटस लेखेकी छन्।

उनले कानुनी रूपमा आफ्नो वैवाहिक सम्बन्ध टुंगिएको घोषणा गर्दै सम्बन्धको आत्मिक पक्ष भने बाँकी नरहेको उल्लेख गरेकी छिन्।

एलिनाले स्ट्याटसमा विवाहका प्रतीकहरू जस्तै सिन्दुर, चुरा, र लगनगाँठो अझै उस्तै रहे पनि वैवाहिक सम्बन्धको मुख्य आधार आपसी विश्वास र समझदारी रहेको बताइन्।

उनले लेखेकी छिन्, “अग्निलाई साक्षी राखेर ७ फेरा लगाउँदा गलेका खुट्टाहरू अझै उस्तै छन्। तिम्रो हातले रंगिएको मेरो सिउँदो अनि सिन्दुरका डोबहरू अझै उस्तै छन्।

तर विवाह सिन्दुर, लगनगाँठो, विवाह दर्ता वा शारीरिक सम्बन्ध मात्र रहेनछ, मुख्य प्राण त आपसी विश्वास र समझदारी नै रहेछ। जुन रहेन अनि हाम्रो सम्बन्धमा अल्पायुमै पूर्णविराम लागेको छ।”

उनले सम्बन्ध अन्त्यको बाध्यताका बारेमा उल्लेख गरे पनि यसको स्पष्ट कारण खुलाएकी छैनन्।

स्ट्याटसको अन्त्यमा एलिनाले पूर्वपति विष्णुलाई बाँकी जीवनका लागि शुभकामना दिँदै आफ्नो तर्फबाट पाउने सम्पत्ति पनि विष्णुकै प्रगति र उन्नतिका लागि छोड्ने निर्णय गरेको बताएकी छन्।

एलिना चौहानले २०८१ वैशाख ५ गते बागलुङका विष्णु सापकोटासँग विवाह गरेकी थिइन्।

तर, केही समयपछि असहमति बढ्दै गएपछि उनले यही माघ १८ गते काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी थिइन्।

पूर्वपति विष्णु सापकोटा हाल अस्ट्रेलियामा व्यवसाय गर्दै आएका छन्।

साताकाे चर्चित
सम्बन्धित