जुम्लामा ३.८ म्याग्निच्युडको भूकम्पको धक्का
जुम्लामा ३.८ म्याग्निच्युडको भूकम्पको धक्का
    • बेल संचार

    • ३० माघ २०८१, बुधबार

काठमाडौँ।

जुम्ला जिल्लामा बुधबार बिहान भूकम्पको हल्का धक्का महसुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जुम्लाको उर्थु चौतारा आसपास केन्द्रबिन्दु भएर बिहान ११:५६ बजे ३.८ म्याग्निच्युडको भूकम्प गएको हो।

यो भूकम्प सामान्य प्रकृतिको भएकाले कुनै क्षति भएको विवरण अहिलेसम्म प्राप्त नभएको केन्द्रले जनाएको छ।

स्थानीय बासिन्दाले भूकम्पको हल्का धक्का महसुस गरेको बताएका छन्।

नेपाल भूकम्पीय जोखिमयुक्त देश भएकाले भूकम्पीय सुरक्षाका उपाय अवलम्बन गर्न विज्ञहरूले सुझाव दिएका छन्।

साताकाे चर्चित
सम्बन्धित