काठमाडौँ ।
महाशिवरात्रि पर्वको तयारीसँगै पशुपति क्षेत्रको शिवालय, देवालय, र मठमन्दिरहरुको सरसफाइ र रङ रोगनको काम सुरु गरिएको छ। महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रलाई विशेष साजसज्जा गर्नका लागि आवश्यक तयारी तीव्र गरिएको हो।
कोष र संस्कृति संरक्षण महाशाखाका प्रमुख ईश्वर भण्डारीका अनुसार, यस वर्ष भारतको प्रयागराजमा चलिरहेको महाकुम्भ मेलामा सहभागी धेरै साधु सन्तहरू पनि पशुपतिनाथ मन्दिरमा आउने अनुमान गरिएको छ। यस कारण, त्यसैअनुसारका तयारीहरू गरिएका छन्।
महाशिवरात्रिमा पशुपति क्षेत्रका लागि साधु सन्तहरूको आगमन हरेक वर्ष बढ्दै गएको छ र यस वर्ष महाकुम्भको कारण यस सङ्ख्यामा थप वृद्धि हुने अनुमान गरिएको छ। महाशिवरात्रि पर्व फागुन १४ गते पर्ने छ।