काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ।
तालिका अनुसार, परीक्षा आगामी २०८२ वैशाख ११ गतेदेखि सुरु भएर वैशाख २४ गतेसम्म सञ्चालन हुनेछ।
यसपटकको परीक्षा तालिका साधारण, परम्परागत तथा प्राविधिक धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरूका लागि लागू हुनेछ।
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको यो तालिकाअनुसार परीक्षा बिहान ८:०० बजेबाट सुरु हुने व्यवस्था गरिएको छ।
परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थीहरूलाई समयमै तयारी गर्न अनुरोध गर्दै परीक्षा तालिका र अन्य आवश्यक सूचनाहरू बोर्डको आधिकारिक वेबसाइटमा प्रकाशित गरिएको जनाएको छ।
हेर्नुहोस् कक्षा १२ को परीक्षा तालिका :