काठमाडौं ।
पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) हरूको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर प्रस्तावित प्रहरी ऐनका केही बुँदाहरू सच्याउन माग गरेको छ।
बिहीबार साँझ प्रधानमन्त्रीसँगको भेटमा पूर्व आईजीपीहरूको समूहले विवादित बुँदाहरू हटाउनुपर्ने माग राखेको हो।
पूर्व आईजीपी मोतिलाल बोहोराका अनुसार, मुख्यतः गृह मन्त्रालयको प्रहरी परिचालन र सुपरीवेक्षण सम्बन्धी प्रावधान सच्याउनुपर्ने माग गरिएको छ।
पूर्व आईजीपीहरूको टोलीले बुधबार राति गृहमन्त्रीलाई समेत भेटेर सोही विषय उठाएको थियो।
सरकार र पूर्व प्रहरी अधिकारीहरूबीच प्रहरी ऐनको व्यवस्थालाई लिएर थप छलफल हुनसक्ने देखिएको छ।