प्रणय दिवसको दिन सिंजाका बासिन्दाहरुले एनएमवीमा नै कारोबार गर्ने प्रणय गरे
प्रणय दिवसको दिन सिंजाका बासिन्दाहरुले एनएमवीमा नै कारोबार गर्ने प्रणय गरे
    • उमेश बुढा

    • २ फाल्गुन २०८१, शुक्रबार

जुम्ला।

जिल्लाको सिंजा गाउँपालिका वडा नम्बर ३ मा रहेको एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय सिंजाले ग्राहक केन्द्रित वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ।

सिंजा शाखा कार्यालयले पुस १६ गतेदेखि हालसम्म उक्त कार्यक्रम सञ्चालन गरिरहेको छ। उक्त अभियानमा कर्जाको आवश्यकता, बचतका प्रकार, बचत तथा कर्जाका फाइदा तथा बेफाइदा, कर्जा लिँदा ध्यान दिनुपर्ने कुराहरू, कर्जा सदुपयोग, बिमा सेवा, पासबुकको प्रयोग, एम-पासबुकको महत्त्व र फाइदा, नगद जम्मा भौचरको महत्त्व, केन्द्र प्रमुखको भूमिका तथा केन्द्र सञ्चालन लगायत विषयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। कार्यक्रमपछि ग्राहकमा वित्तीय चेतना वृद्धि भएको स्थानिय दुर्गा कुमारी शाहीले बताउनु भयो।

कार्यक्रमको व्यवस्थापन सेर बहादुर लम्पालले गर्नुभएको थियो भने सञ्चालन र स्वागत सिंजा शाखाका शाखा प्रबन्धक जयकृष्ण जैसीले गर्नुभएको थियो। वित्तीय साक्षरताका विषयमा कर्णाली प्रदेशका अनुगमन अधिकृत बेद प्रसाद बेल्बासेले प्रशिक्षण दिनुभएको शाखा प्रबन्धक जैसीले जानकारी दिनुभयो।

सिंजा, हिमा, कनकासुन्दरी गाउँपालिका र कालिकोटको तिला गुफा नगरपालिकाका करिब १,२०० घरधुरीलाई सेवा प्रदान गर्दै आएको एनएमबी लघुवित्त वित्तीय संस्था शाखा कार्यालय सिंजाले आफ्नो कार्यक्षेत्र विस्तार गर्दै आएको छ। गण्डकी प्रदेशको पोखरा महानगरपालिका वडा नम्बर ८, न्युरोड, कास्कीमा केन्द्रिय कार्यालय रहेको यस लघुवित्तका सातवटा प्रदेशमा १४८ वटा शाखा कार्यालय सञ्चालनमा रहेका छन्।

साताकाे चर्चित
सम्बन्धित