नेकपा माओवादी केन्द्रको नेतृत्वमा आर्थिक समृद्धि सम्भव : नारायणकाजी श्रेष्ठ
नेकपा माओवादी केन्द्रको नेतृत्वमा आर्थिक समृद्धि सम्भव : नारायणकाजी श्रेष्ठ
    • बेल संचार

    • २ फाल्गुन २०८१, शुक्रबार

भरतपुर।

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादीको नेतृत्वमा मुलुकमा आर्थिक विकास र समृद्धि हासिल गर्न सकिने बताएका छन्।

प्रेस सेन्टर जिल्ला समन्वय समिति चितवनले शुक्रबार भरतपुरमा आयोजना गरेको पत्रकार भेटघाटमा श्रेष्ठले मुलुकको विकासका लागि सरकारको नेतृत्व माओवादीको हातमा आउनुपर्ने बताए।

मुलुकमा व्याप्त भ्रष्टाचार अन्त्य गरी सुशासन ल्याउने क्षमता माओवादीसँग मात्रै रहेको उनको भनाइ थियो। पूर्वउपप्रधानमन्त्रीसमेत रहेका श्रेष्ठले आगामी निर्वाचनबाट माओवादी पुनः सरकारमा फर्कने विश्वास व्यक्त गरे।

श्रेष्ठले माओवादी पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै नेतृत्वमा पार्टी एकताबद्ध रहेको पनि बताए। उनले पार्टीभित्र विभिन्न समूहहरू हुन सक्ने भए पनि प्रचण्डकै नेतृत्वमा पार्टीलाई रुपान्तरण र एकताबद्ध ढंगले अघि बढाउन सकिने उल्लेख गरे।

पार्टीका समस्या समाधान गर्न रुपान्तरण अभियान प्रभावकारी हुने विश्वास श्रेष्ठले व्यक्त गरे।

साताकाे चर्चित
सम्बन्धित