बेलुन विस्फोटबाट घाइते उपप्रधानमन्त्री पौडेल र मेयर आचार्य काठमाडौं ल्याइयो
बेलुन विस्फोटबाट घाइते उपप्रधानमन्त्री पौडेल र मेयर आचार्य काठमाडौं ल्याइयो
    • बेल संचार

    • ३ फाल्गुन २०८१, शनिबार

 काठमाडौं ।

उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारका लागि काठमाडौं ल्याइएको छ।

पोखरामा आयोजित पोखरा भ्रमण वर्ष उद्घाटन समारोहका क्रममा बेलुन फुट्दा उनीहरू घाइते भएका थिए। घटनापछि उनीहरूलाई तत्कालै हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो।

अर्थमन्त्री पौडेल निकट स्रोतका अनुसार उनलाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ। घटनामा अर्थमन्त्री पौडेल र मेयर आचार्यको अनुहारमा चोट लागेको तथा जलेको बताइएको छ।

साताकाे चर्चित
सम्बन्धित