प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट डोल्पाका किसानलाई स्याउका बिरुवा वितरण
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट डोल्पाका किसानलाई स्याउका बिरुवा वितरण
    • बेल संचार

    • ४ फाल्गुन २०८१, आईतवार

डोल्पा ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले डोल्पामा विभिन्न जातका स्याउका बिरुवा वितरण गरेको छ। स्याउ जोन प्रभाव क्षेत्रमा क्षेत्रफल विस्तार कार्यक्रमअन्तर्गत छनोट भएका कृषक समूह, सहकारी तथा फर्मलाई ५० प्रतिशत अनुदानमा १२ हजार ६ सय बिरुवा प्रदान गरिएको छ।

स्याउ जोन प्रभाव क्षेत्रभित्र पर्ने ठुलीभेरी नगरपालिका, जगदुल्ला गाउँपालिका र त्रिपुरासुन्दरी नगरपालिकाका कृषकहरूलाई गोल्डेन, रोयल, रेड डेलिसियस तथा रेड रिचाड जातका स्याउका कलमी बिरुवा उपलब्ध गराइएको परियोजना कार्यान्वयन एकाइका प्रमुख गोविन्दबहादुर मल्लले जानकारी दिए।

उनका अनुसार डोल्पा स्याउ खेतीका लागि उपयुक्त क्षेत्र भएकाले विशेष योजनासहित कृषि कार्यालयले काम गरिरहेको छ।

स्याउ खेतीसँगै, डोल्पाको मुड्केचुला र काइके गाउँपालिकामा सिमी जोन कार्यक्रम लागू गरिएको छ। यस कार्यक्रमले किसानहरूलाई आधुनिक खेतीप्रति आकर्षित गर्दै उत्पादन वृद्धि गर्न मद्दत गर्ने लक्ष्य लिएको छ।

कृषि आधुनिकीकरण परियोजनाका यस्ता योजनाले डोल्पामा स्याउ खेतीको विस्तार गर्न थप योगदान पुग्ने विश्वास गरिएको छ।

साताकाे चर्चित
सम्बन्धित