मौरीपालन व्यवसायमा समस्या : बजारीकरण र विदेशी महको आयातले किसानलाई पारेको असर
मौरीपालन व्यवसायमा समस्या : बजारीकरण र विदेशी महको आयातले किसानलाई पारेको असर
    • बेल संचार

    • ६ फाल्गुन २०८१, मंगलवार

नेपाल मौरीपालक सङ्घ दाङका अध्यक्ष दिनेश ओलीले बजारीकरणको समस्याका कारण मौरीपालन गर्ने किसानहरूको सङ्ख्या घट्दै गएको बताएका छन्। उनले घोराही उपमहानगरपालिका–१८ गिठेपानीमा व्यावसायिक मौरीपालन गर्दै आएका छन्।

अध्यक्ष ओलीका अनुसार, चरन अभाव र विदेशी महको आयातका कारण स्वदेशमा मौरीपालन गर्न कठिनाईहरू आइसकेका छन्। उनले भने, “बजारमा विदेशी मह बिक्री भइरहेको छ, र नेपाली मह घरमा थन्क्याउनुपर्ने बाध्यता छ।”

यसका अतिरिक्त, विषादीका कारण, जलवायु परिवर्तन, र तोरी उत्पादनमा कमी लगायतका कारण पनि मौरीपालक किसानहरू समस्यामा परेका छन्। उनी थप्छन्, “किसान पलायन हुनुको मुख्य कारण चरन क्षेत्रको अभाव थियो, तर अहिले बजारीकरणको समस्या झन् बढी भयो।”

अध्यक्ष ओलीले १५ वर्षदेखि मौरीपालन व्यवसाय गर्दै आएको र पहिले १० घारबाट शुरू गरेको उनले भने, अहिले ८० घारसम्म पुगेको छन्। यसका बावजूद, बाहिरबाट आउने सस्तो महका कारण स्वदेशी महको उचित मूल्य पाउन नसकेको उनका अनुसार, यस वर्ष पनि केही मह अझै बिक्री गर्न बाँकी रहेको छ।

नेपाल मौरीपालक सङ्घद्वारा सरकारले किसानहरूको समस्याको समाधानका लागि पहल गर्ने आवश्यकता रहेको उनले बताए। तोरीको विषादी प्रयोगले पनि महको उत्पादनमा असर गरेको छ। अहिले दाङमा ८०० भन्दा बढी मौरीपालक किसान व्यावसायिक रूपमा यो व्यवसाय गर्दै छन्।

अध्यक्ष ओलीले नेपाल मौरीपालक सङ्घमा गोलबद्ध भएर समस्याको समाधान गर्ने प्रयास गर्ने बताएका छन्।

साताकाे चर्चित
सम्बन्धित