काठमाडौं।
त्रिभुवन विश्वविद्यालयअन्तर्गतका विभिन्न निकायका लागि त्रिभुवन विश्वविद्यालय सेवा आयोगले ७ सयभन्दा बढी कर्मचारी माग गरेको छ। आयोगले आज एक सूचना जारी गर्दै आन्तरिक र खुला प्रतिस्पर्धाका लागि विभिन्न पदका लागि आवेदन आह्वान गरेको हो।
आयोगले शाखा अधिकृतदेखि कार्यालय सहायकसम्मका पदका लागि आवेदन खुलाएको छ। यसमा प्राविधिक र अप्राविधिक दुवै पदहरू समावेश छन्।
आवेदन शुल्कको व्यवस्था पनि गरिएको छ – अधिकृत तृतीयस्तरका लागि २ हजार ८ सय रुपैयाँ, मुख्य सहायक प्रथमका लागि २ हजार रुपैयाँ, सहायक द्वितीयका लागि १ हजार ५ सय रुपैयाँ, र अन्य समोवशी पदका लागि २० प्रतिशत दस्तुर अनलाइनमार्फत बुझाउनुपर्नेछ।
आयोगले चैत ११ गतेसम्म तोकिएको शुल्क र चैत १८ गतेसम्म दोब्बर दस्तुरमा आवेदन स्वीकार गर्ने जनाएको छ। आवेदन आयोगको बेवसाइटमार्फत गर्न सकिनेछ।
हेर्नुहोस् त्रिवि सेवा आयोगको विज्ञापन :