सर्लाहीमा जङ्गली हात्तीको आक्रमण, वृद्धाको घर भत्काइयो
सर्लाहीमा जङ्गली हात्तीको आक्रमण, वृद्धाको घर भत्काइयो
    • बेल संचार

    • ७ फाल्गुन २०८१, बुधबार

सर्लाही ।

सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, ढापटोलमा जङ्गली हात्तीको समूहले एक विपन्न परिवारको कच्ची घर भत्काइदिएको छ। ८६ वर्षीया धनमाया तामाङको घर भत्काएर हात्तीहरूले भित्र रहेको धान, चामल लगायतका खाद्यान्न खाएका छन्।

स्थानीयका अनुसार आज बिहान करिब ३ बजे आएको हात्तीको हुलले घरमा भएका भाँडाकुँडा तथा अन्य सामग्री समेत कुल्चेर तहसनहस बनाएको छ। भाग्न नसक्ने वृद्धालाई उनकी नातिनीले बोकेर सुरक्षित स्थानमा पुर्‍याएकाले मानवीय क्षति भने हुन पाएन।

स्थानीय बासिन्दाका अनुसार महोत्तरीको गौशाला क्षेत्रमा आतङ्क मच्चाइरहेका जङ्गली हात्ती सागरनाथ वन विकास परियोजनाको जङ्गल हुँदै सर्लाही प्रवेश गरेका हुन्। हरेक वर्ष यो मौसममा हात्ती गाउँ पस्ने भएकाले स्थानीयवासी त्रसित छन्।

स्थानीय प्रशासनले पीडित परिवारलाई आवश्यक राहत तथा सुरक्षाका लागि पहल गर्ने प्रतिबद्धता जनाएको छ। वन तथा वातावरण मन्त्रालयले समेत हात्ती नियन्त्रण तथा मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका उपायहरू अवलम्बन गर्नुपर्ने स्थानीयको माग छ।

साताकाे चर्चित
सम्बन्धित